प्रचण्डलाई ओलीको प्रस्ताव, मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ, प्रचण्जको काउन्टर यही गठबन्धनबाट बन्नुस्

प्रचण्डलाई ओलीको प्रस्ताव, मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ, प्रचण्जको काउन्टर यही गठबन्धनबाट बन्नुस्
  • १८ असार २०८१, सोमबार ०७:१२

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल गरेका छन् ।

mulpatra

शान्ति प्रक्रियालाई टुंगो लगाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीले प्रस्ताव गरेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

स्रोतले भन्यो, ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ । त्यसपछि शान्ति प्रक्रियाका सबै समस्या म समाधान गर्छु भनेर अध्यक्ष ओलीले प्रस्ताव गर्नु भएछ ।’

mulpatra mulpatra mulpatra

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रचण्डसंग घनिभूत छलफल थालेका ओलीले यस्तो प्रस्ताव गरेपछि प्रचण्डले पनि उनलाई काउन्टर प्रस्ताव गरेको स्रोतको दाबी छ । प्रचण्डले ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डले ओलीलाई कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् ।
एमाले र कांग्रेसबीच करिब सहमति भइसकेपछि ओलीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको माओवादी नेताहरूको बुझाइ रहेको छ । सोहीकारण प्रचण्डले पनि उक्त विषयमा थप जवाफ नदिएको वालुवाटारनिकट स्रोतको भनाइ छ