भ्रष्टाचार संरक्षण र ठुला भ्रष्टाचारका मुद्धा लुकाउन ओली–देउवा सरकार : प्रसाई
काठमाडौं–प्रमुख दुई राजनीतिक दल मिलेर भ्रष्टाचार संरक्षणका लागि सरकार बनाएको दुर्गा प्रसाई मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

उनका अनुसार वर्तमान समीकरण तोडेर नयाँ सरकार बनाउन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुको मुख्य कारण भनेको भ्रष्टाचारका फाइल लुकाउन, अपराधिक मुद्धा लुकाउनु र देशमा फेरी भ्रष्टचारको मैलाउने उनको दाबी छ ।
‘सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भयो । यसको मुख्य उद्देश्य भनेको देउवा पन्ती आरजु राणालाई जोगाउन थियो । आरजुजस्तै एमाले अध्यक्ष ओली पनि भ्रष्टाचार मुद्धामा मुछिएका छन् ।’ उनले भने ।
![]() |
![]() |
![]() |
|---|
ठूला भ्रष्टाचारमा संलग्न व्यक्तिकै नेतृत्वमा सरकार बनेपछि देशको अवस्था आगामी दिनम कस्तो होला भन्ने उनको प्रश्न छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली समेत विभिन्न भ्रष्टाचारको आरोप लागेका व्यक्ति हुन् । उनी यति, गिरीबन्धु र अन्य दर्जनभन्दा बढी भ्रष्टाचारमा ुमुद्धामा मुछिएका हुन् । कांग्रेस सभापति देउवा पनि भ्रष्टाचार मुद्धामा मुछिएका छन् । उनीहरुले भ्रष्टाचारको मुद्धा लुकाउन अहिले गठबन्धन गरेको उनको आरोप छ ।
कांग्रेस–एमालेको सहमतिले देश १० बर्ष पछाडि धकेलिने र भ्रष्टाचारीहरू संरक्षित हुन्छन् । २०४७ सालयता यीनै पार्टीले सबैभन्दा बढी भ्रष्टाचार गरेका छन् । तत्काल छानबिन गर्नु भने कांग्रेस र एमालेका सबै शीर्ष नेता भ्रष्टाचारको मुद्धामा तानिने उनको दाबी छ ।
Image Source: © https://mulpatra.com
प्रसाईले सार्वजनिक गरेका भनाइ




