भुटानी शरणर्थी प्रकरणमा ओली–देउवाकै डर लाग्दो सेटिङ छ : प्रसाई
काठमाडौं–नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वमन्त्रीहरूसहित ३० जनालाई सरकारले कानुनी कारवाही गरेकाे थियाे ।

यस प्रकरणमा ती पूर्वमन्त्रीहरूसहित ३० जनाभन्दा बढी डरलाग्दो सेटिङ एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रमाण देखाएका छन् । उनले आज आफनो निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी भुटानी शरणार्थी प्रकरणका सबै प्रमाण देखाएका छन् ।
नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा भुटानी शरणर्थी प्रकरणकी मुख्य पात्र बाहिर देखिएपनि उनका पछाडी र ओली देउवाकाे डरलाग्दो सेटिङ भएको प्रसाईको दाबी छ ।
![]() |
![]() |
![]() |
|---|
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनी पत्नी मन्जु खाणभन्दा डर लाग्दो ठगि तत्कालिन गृहमन्त्री राम थापा बादलले गरेको प्रसाईले बताए । ‘अहिले सत्ता फेरिनुको मुख्य कारण भुटानी शरणर्थी प्रकरण र ओलीमाथि लागेको आरोप लुकाउन हो ।’ उनले भने ।
उनको अनुसार ठूला पार्टीका नेताद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ तथा ‘हाइप्रोफाइल’ व्यक्तिहरूको सम्भावित संलग्नताले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिन्छ कि माथिल्लो तहसम्म जान्छ भन्नेमा अनुसन्धानरत प्रहरी अधिकृत नै अलमलमा भए । यसमा ठुलो राजनीतिक दलनै मुद्धालाई लुकाउन लागि परेको उनको आरोप छ ।
उनका अनुृसार एकपछि अर्का ‘हाइप्रोफाइल’ को नाम जोडिन थालेपछि राजनीतिक तहबाट भएको दबाबका कारण यो अनुसन्धान अझ माथिल्लो तहसम्म उक्लने सकेन । त्यसमाथि अनुसन्धानको समय पनि छोटिंदै गएपछि अहिले राजनीतिक दबाबका कारण रोकिएको प्रसाईको भनाइ छ ।
Image Source: © https://mulpatra.com
एमाले अध्यक्ष ओलीले समेत यो प्रकरणबाट आर्थिक लाभ लिएको शङ्का प्रहरीको थियो । तर, ठोस प्रमाण नभेटिएको भन्दै ओलीलाई जोगाउन काम भयो । ओलीमाथि शङ्का गरिनुको कारण यो प्रकरणमा पक्राउ परेका राईसँगको सम्बन्ध पनि हो । राई तत्कालीन गृहमन्त्री थापाको भन्दा ओलीको रोजाइमा गृहको सुरक्षा सल्लाहकारल थिए ।
त्यस्तै, शङ्का हुने अर्को कारण बिचौलियाको भूमिकामा देखिएका सानुराम भण्डारीसँगको सम्बन्ध पनि हो । प्रहरी स्रोतले नै हिरासतमा रहेका भण्डारीसँग ओलीको कम्तीमा पनि ६ पटक भेट भएको खुलेको छ । २०७४ सालमा ओली प्रधानमन्त्री छँदा स्वकीय सचिव रहेका राजेश बज्राचार्य मार्फत भण्डारीले ओलीलाई भेटेका थिए । त्यही भएर ओलीको पनि यस प्रकरणमा हात रहेको प्रसाईको दाबी छ ।
ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, मानव बेचबिखन, राज्य विरुद्धको अपराध र सरकारी कागजात कीर्ते कसूर आकर्षित हुने देखिन्छ । कांग्रेस–एमालेको सरकारले यी सबै प्रमाण लुकाएर सबैलाई निर्दोष बनाउने प्रसाईले जानकारी दिए ।
प्रसाईले पेश गरेका मुख्य प्रमाण











