एक बर्षअघि प्रसाईले तस्कर व्यापारीका बारेमा बोलेको आवाज हिजो सासंदमा तातियो

एक बर्षअघि प्रसाईले तस्कर व्यापारीका बारेमा बोलेको आवाज हिजो सासंदमा तातियो
  • ३० असार २०८१, शनिबार ०५:०३

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईले एक बर्षअघि नै देशको अर्थतन्त्र तस्कर व्यापारीको हातमा पुगेको बताएका थिए । त्यति बेला प्रसाईले एक दर्जन तस्कर व्यापारीको वरीपरी नेपालको राजनीतिक घुमेको र तीनै तस्करले शीर्ष राजनीतिक दलका नेताहरुलाई आर्थिक प्रलोभनमा पारेको प्रमाण देखाएका थिए ।

mulpatra

एक बर्षयता प्रसाईले नेपालको अर्थतन्त्र लुटेर विदेशमा पैसा लैजाने केही तस्कर व्यापारीलाई राजनीतिक दलले संरक्षण दिएको पनि आरोप लगाउँदै आएका छन् ।

कांग्रेस–एमालेको सरकारपनि तस्कर व्यापारीकै इन्टेन्सनमा आएको हिजो सासंदमा आवाज उठेको छ । सासंदमा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक बर्षअघि प्रसाईले सार्वजनिक कार्यक्रममा उठाएको आवाज जस्तै गरी देश तस्करको हातमा गएको भन्दै संम्बोधन गरे ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री दाहालले भ्रष्टाचारका काण्डहरूको नाम लिनेक्रममा यती, ओम्नी र गिरिबन्धुको बढी लिए, जुन काण्डहरूको नाम एमालेका अध्यक्ष केपी ओलीसँग जोडिएको छ । पछिल्लो गठबन्धन अभिजात वर्गले बनाएको संकेत गरिरहँदा प्रचण्डले एमालेसँग जोडिएका काण्डहरू मात्र बढी उल्लेख गरे ।

भने, भुटानी शरणार्थी प्रकरणमा सरकारले हात हाल्दा कांग्रेस र एमालेका नेता आत्तिएको प्रचण्डको आरोप थियो । प्रचण्डले जस्तै गत साता प्रसाईले पनि पत्रकार सम्मेलन गरि भुटानी शरणार्थी प्रकरणमा मुछिएका तस्करको सेटिङ खुलासा गरेका थिए ।

प्रसाई एक बर्षदेखि मारवाडी समुदायले देशको अर्थतन्त्र लुटिरहेको भन्दै उनीहरुको प्रमाण सार्वजनिक गर्दै आएका छन् । प्रसाईले एक बर्षअघि बोलेको जस्तै अहिले नेपालको राजनीतिक तस्करको हातमा गएको राजनीतिक दलकै नेताहरु बताउँछन् ।

Image Source: © https://mulpatra.com

देशको अर्थतन्त्र पनि प्रसाईले भनेजस्तै अवस्थामा पुगेको छ । अर्थविज्ञहरुले पनि दुर्गा प्रसाईले उठाएको आवाज ठिक भएको बताउन थालेका छन् । अहिले त्यस्तैपनि भइरहेको उनीहरुको भनाइ छ ।

४५ बर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्माबाट लखेटिएर नेपाल छिरेको र अहिले उनीहरुको हातमा ४० खर्ब नेपालको पुँजी रहेको दावा पनि दिन्छन् ।

देशको कुल निक्षेपमध्ये ७० प्रतिशत ५५ जना व्यापारीको नियन्त्रणमा रहेको तथ्यांक प्रसाईँको छ । सुन तस्करी, डलर तस्करी, हुण्डी व्यापार र अवैध कारोबारका माध्यमबाट ४० खर्ब पैसा मारवाडीले बाहिर लिएको दाबी पनि प्रसाईँको छ । प्रसाईले नागरिक बचाउ महाअभियानमार्फत देशको अवस्थाको बारेमा देशव्यापी खबरदारी गर्दै आएका छन् ।