Close

Recent Posts

राजीनामा दिएर भारततर्फ भागिन् बंगलादेशी प्रधानमन्त्री सेख हसिना

राजीनामा दिएर भारततर्फ भागिन् बंगलादेशी प्रधानमन्त्री सेख हसिना
  • २१ श्रावण २०८१, सोमबार १०:१६

काठमाडौं–बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। उनी सोमबार राजीनामा दिएर भारततर्फ लागेकी छन् । बंगलादेशी दैनिक पत्रिका प्रथम अलोका अनुसार सेख हसिनालाई लिएर प्रधानमन्त्रीको सरकारी निवास गणभवनबाट सैनिक हेलिकप्टर उडेको छ। साथमा उनकी बहिनी सेख रेहाना छिन् ।

mulpatra

उनीहरू हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको पत्रिकामा उल्लेख छ । समाचार एजेन्सी एएफपीले सेख हसिना र उनकी बहिनी सेख रेहाना गणभवनबाट सुरक्षित स्थानमा गएको जनाएको छ। ढाकामा आन्दोलन सोमबार थप चर्किएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।

सरकारी सेवामा आरक्षणको विरोधमा बंगलादेशमा गत जुलाई महिनादेखि विद्यार्थी आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा भारी हिंसाका साथै आगलागीका घटनाहरू भएका छन्। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

mulpatra mulpatra mulpatra

सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरूद्ध बंगलादेशका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गरिरहेका थिए।