Close

Recent Posts

देउसी बन्यो दशाः अर्घाखाँचीमा बसले देउसीखेलीरहेको समुहलाई ठक्कर दिँदा २ को मृत्य ३० बढी घाइते

देउसी बन्यो दशाः अर्घाखाँचीमा बसले देउसीखेलीरहेको समुहलाई ठक्कर दिँदा २ को मृत्य ३० बढी घाइते
  • १९ कार्तिक २०८१, सोमबार २१:०४

बुटवलः अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा देउसी खेलिरहेका समूहमा बसले ठक्कर दिँदा २ जनाको मृत्य भएको छ । ३३ जना भन्दा बढी घाइते भएका छन् ।


भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना उदयठाटि अहिले बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।


भैलो खेलिरहेका समूहमाथि एक्कासी बस आएको र दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा ढाकाबाङ निवासी ७२ बर्षिया रुनी खनालको घटनास्थलमै मृत्य भएको र अर्का घाइते २२ बर्षीया तारा श्रेष्ठको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्य भएको प्रहरीले जनाएको छ ।


प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले जानकारी दिएका छन्।
घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचार भइरहे पनि १० जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाइएको छ ।