तमु ल्होसार: गुरुङ समुदायद्वारा नयाँ वर्षको उल्लासपूर्ण स्वागत
काठमाडौं । आज गुरुङ समुदायले परम्परागत पर्व तमु ल्होसार भव्य रूपमा मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसार, गुरुङ समुदायको नयाँ वर्ष हो रुपमा मनाउने पर्व हो । विशेषगरी उनीहरूको मौलिक संस्कृति, परम्परा र सामूहिक एकतालाई उजागर गर्ने महत्वपूर्ण चाड हो।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
गुरुङ समुदायका व्यक्तिहरू बिहानैदेखि पारम्परिक पोशाकमा सजिएर आफ्ना संस्कृति झल्किने नाचगान, जातीय भेला र सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछन्। विभिन्न स्थानमा आयोजना गरिएका महोत्सवमा भेला भई उनीहरूले परम्परागत परिकार खान्छन ।
तमु ल्होसारको मुख्य उद्देश्य नयाँ वर्षको स्वागत गर्नु मात्र नभई पुराना वर्षमा भएका कठिनाइहरू बिर्सेर नयाँ उमंगका साथ जीवन सुरू गर्नु पनि हो। यो पर्वले गुरुङ समुदायलाई थप नजिक ल्याउने र सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
