दिल्ली विधानसभा चुनावमा त्रिपक्षीय भिडन्त हुने
दिल्ली- दिल्ली विधानसभा चुनावको प्रचारप्रसार बढीरहेको बेला बीजेपीले उम्मेदवार घोषणा गरेको छ । बीजेपीले अहिले सम्म ७० सिट मध्ये २९ सिटमा उम्मेदवारी घोषणा गरेको छ ।
दिल्लीमा अरविन्द केजरीवालको पकड कायम रहेपनि केजरीवालको विरुद्धमा विजेपीले परवेश वर्माको उम्मेदवार घोषणा गरेपछि चुनावी सरगर्मी झन बढेको छ । यता कांग्रेसले केजरीवालको विरुद्ध चुनावी प्रत्यासीमा शीला दीक्षितको छोरा संदीप दीक्षितलाई अगाडी बढाएपछि त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको चुनावी माहोल बनाउन चुनावी र्यालीको आयोजना गरेपछि बीजेपीलाई हौसल मिलेको छ । यसले भारतीय राजनीतिमा प्रमुख रहेको दिल्लीको चुनावी सरगर्मी बढेको देखाएको छ ।