Close

Recent Posts

‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म

‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म
  • २२ पुष २०८१, सोमबार १७:१३

काठमाडौं– अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ । प्रदर्शनको ३२ औं दिनमा १३५२ करोड भारतीय रुपैयाँको आकडा पार गर्दै घरेलु बक्सअफिसमा धेरै कमाउने फिल्म बनेको हो ।

mulpatra

पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा ‘पुष्पा २’ ले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो । सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारुको व्यापार गरेको थियो ।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन् । साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।

mulpatra mulpatra mulpatra

यी हुन् भारतभर धेरै कमाउने फिल्म

१) पुष्पा २– १३५२ करोड भारु (३२ दिन)

२) बाहुबली २– १३४७ करोड भारु

Image Source: © https://mulpatra.com

३) दंगल– ५११ करोड भारु

४) बाहुबली– ४८१ करोड भारु

५) पिके– ४५० करोड भारु