अञ्जुको स्वरमा थारु गीत ‘पागल पागल मन’

काठमाडौं – कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’ को भिडियो सार्वजनिक भएको थियो ।
माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिप कुमार रसाइलीको रहेको छ ।