Close

Recent Posts

प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश

प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश
  • १५ माघ २०८१, मंगलवार १७:३९

काठमाडौं– प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ हलमा नचलाउन अदालतको अन्तरिम आदेश दिएको छ।काठमाडौँ जिल्ला अदालतले आज फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हो।

mulpatra

अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको नेपाल डायस्पोरा इन्टरटेनमेन्टको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले बताए। फिल्म भोलि अर्थात् माघ १६ देखि प्रदर्शन गर्ने टिमको तयारीमा थियो। फिल्मका निर्देशक राजन भुसाल हुन्।

गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माताले फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए।