रिभेरा इन्टरनेशनल एकाडेमीले गर्यो शैक्षिक प्रदर्शनी

रिभेरा इन्टरनेशनल एकाडेमीले गर्यो शैक्षिक प्रदर्शनी
  • १६ माघ २०८१, बुधबार २१:२२

काठमाडौं । चाबहिल मैजुबहाल स्थित रिभेरा इन्टरनेशनल एकाडेमीले रचनात्मक शैक्षिक प्रदर्शनी सहित निशुल्क स्वाथ्य शिविरको समेत आयोजना गरेको छ । बुधबार भएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले कक्षा कोठामा तयार पारिएका सिर्जनात्मक ज्ञान विज्ञानका सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

शैक्षिक प्रदर्शनी सहित गरिएको निशुल्क स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक समेतले स्वास्थ्य परिक्षण गरेका थिए ।

बर्षभरि विद्यार्थीले विद्यालयमा सिकेका सिपलाई अभिभावक लगायत सम्पूर्ण विद्यार्थी माझ पुर्याउने उद्देश्यले शैक्षिक प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले बताएका छन् । यस्ता प्रदर्शनीले विद्यार्थीले सिकेका विभिन्न विधाका सैद्धान्तिक विषयलाई प्रयोगात्मक रुपमा उतार्न र सिर्जनात्मक क्षमताको विकास गराउने प्रिन्सीपलले बताएका छन् ।

बालबालिकाहरुको कला, सीप र क्षमतालाई उजागर गर्न यस्ता खाले शैक्षिक प्रदर्शनीको महत्वपुर्ण भुमिका रहने सहभागी एक अभिभावकले बताएका छन् ।


प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेको विभिन्न प्रविधियुक्त उपकरण, हाइड्रोलिक मेसिनहरु, गाउँ घरमा प्रयोग हुने औजार, उपकरण, नेपालको नक्सा, रङ्गीविरङ्गी फूलहरु, रकेट, पंखा, इलेक्ट्रिक आविश्कार , विज्ञान, कम्युटर, नेपाली, गणित लगायतका विषयका शैक्षिक सामग्रीहरु प्रदर्शनीका लागि राखेका थिए ।
विद्यार्थीहरुले गरेका विभिन्न खालका पेन्टीङ, अमुर्त कलाहरुले सबैको ध्यान खिच्न सफल भएको थिया ।
शैक्षिक प्रदर्शनीका तस्वीरहरुः