जन्मोत्सवको अवसरमा अधिकारीले घोषणा गरेर ‘योगमाया’ फिल्म बनाउने
काठमाडौं– निर्माता तथा निर्देशक रिमेश अधिकारीले वसन्त पञ्चमीको शुभ दिनमा परेको आफ्नो जन्मोत्सवको अवसर पारेर नयाँ नेपाली फिल्म ‘योगमाया’ निर्माण गत निर्देशन गर्ने घोषणा गरेका छन् ।

सरस्वती पूजाको दिन बिहानै पशुपतिनाथको मन्दिर पुगेर निर्देशक अधिकारीले आफ्नो यो ऐतिहासिक फिल्मको स्क्रिप्ट पूजा गरेका हुन् । कलाकर्मीसंग कुराकानी गर्दै निर्देशक अधिकारीले ‘योगमाया’ को स्क्रिप्ट लेखन कार्य पूरा भएको जानकारी गराएका छन् ।
निर्देशक अधिकारीका अनुसार ‘योगमाया’ नेपालकै एक क्रान्तिकारी महिला योद्धा हुन् । समाजको कुरुतीविरुद्ध कडा रुपमा धर्म राज्यको स्थापना हुनुपर्ने लगायत समाजका सबै विकृति अन्त्य हुनुपर्ने विषयमा लडेकी साहसिक महिला योद्धा हुन् ।
![]() |
![]() |
![]() |
|---|
अधिकारीका अनुसार विगत एक वर्षदेखि उनी यो फिल्मको लेखन तथा अनुसन्धानमा व्यस्त थिए । अहिले लेखन पूरा भएलगत्तै फिल्मको औपचारिक घोषणा गरिएको हो ।
‘अब कलाकार तथा प्राविधिकहरुको चयन कार्य थालिने छ, निर्देशक अधिकारीका अनुसार अहिले कलाकार तथा प्राविधिक टीम खुलाइएको छैन । ‘हामी चाँडै नै यी कुराहरुको घोषणा गर्नेछौं, निर्देशक अधिकारी भन्छन् । ‘एउटा कार्यक्रम नै आयोजना गरेर सबै कुराको जानकारी निकट भविष्यमै गराउने छौं ।’
सरस्वती पूजाको पावन दिनमा जन्म दिन मनाइरहेका निर्देशक रिमेश अधिकारीलाई जन्मदिनको शुभकामनासहित ‘योगमाया’ को सफलताको शुभकामना ।
Image Source: © https://mulpatra.com



