परालको आगोमा मुख्य भूमिकामा जितु

काठमाडौं– परालको आगोको मुख्य भूमिकामा भित्रिए जितुकाठमाडौं– कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् ।
मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा सङ्गृहीत छ ।
फिल्ममा सङ्कल्प भुजेलको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन् ।
निर्माता पोखरेलका अनुसार जतु फिल्मको मुख्य भूमिकामा भित्रिएका हुन् । निर्माता पोखरेलले भने, ‘चामे,गौँथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौँ ।
निर्माता पोख्रेल अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।