नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघमा नरेशलाल श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको अध्यक्षमा बाग्मती आर्टस एण्ड ह्याण्डक्राफ्टका सन्चालक नरेशलाल श्रेष्ठ पुनः सर्वसम्मत चयन भएका छन् ।

संघको १६ औं बार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । नक्सालमा रहेको होटल होलिडे इनमा सम्पन्न संस्थाको साधारणसभाबाट श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्ष महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ ढाक्वा, चक्रमणी देवकोटा, शान्ति श्रेष्ठ, महासचिवमा प्रभु कुमार कार्की, सचिवमा शिव अधिकारी र रुद्र नाथ देवकोटा र कोषाध्यक्षमा सुनीता शेर्पा सहित १७ सदस्यीय समिति चयन गरेको छ । विधान बमोजिम २ मनोनित गरि जम्मा १९ सदस्यीय केन्द्रिय समिति रहने व्यवस्था छ ।

![]() |
![]() |
![]() |
|---|
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम रानाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभा ले बार्षिक प्रगति विवरण र आर्थिक विवरण समेत पास गरेको छ ।
नेपालबाट हाल करिब ५ अरब बराबरको फेल्ट जन्य वस्तुहरु निकासी हुने गरेको र यसले समग्र निर्यात अर्थतन्त्रमा पारेको प्रभावको प्रमुख अतिथिले खुलेर प्रशंसा गरेका थिए ।
नव निर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठले फेल्ट व्यवसायमा आवद्ध संघ संस्थाहरुमा प्रत्यक्ष रुपमा पच्चिस हजार भन्दा बढीले रोजगारी पाइरहेको जानकारी दिएका छन् । ‘९९ प्रतिशत उत्पादन विदेश निकासी हुने र यसमा ९० प्रतिशत भन्दा बढी महिला सहभागी भइरहेकाले अर्थतन्त्रमा यसको भूमिका महत्वपूर्ण छ’ भन्दै श्रेष्ठले निर्यात व्यवसायमा महत्वपुर्ण रहेको यो व्यवसायको कच्चा पदार्थ तेश्रो देशबाट आयात गर्नुपर्ने अवस्था रहेकोले राज्व्यले यो क्षेत्रलाई विशेष रुपमा हेर्नुपर्ने कुरामा जोड दिएका छन् ।
Image Source: © https://mulpatra.com
नेपालमा उनी फेल्ट उत्पादन पारम्परिक र साना उद्योगहरूमा केन्द्रित छ। यो क्षेत्रमा धेरैजसो साना तथा मझौला उद्यमहरू सक्रिय छन्, जसले हातले बनेका उनी फेल्ट उत्पादनहरू बनाउँछन्। यी उत्पादनहरू ९९ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ। उनी फेल्ट जस्ता पारम्परिक उत्पादनहरूले नेपालको निर्यात बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हस्तनिर्मित र पारम्परिक उत्पादनहरूको माग बढ्दै छ। विशेष गरी पश्चिमा देशहरूमा प्राकृतिक र हातले बनेका उत्पादनहरूको माग धेरै छ। नेपाली उनी फेल्ट उत्पादनहरूले आफ्नो गुणस्तर र पारम्परिक डिजाइनका कारण अन्तर्राष्ट्रिय बजारमा आकर्षण बढीरहेको छ, नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि उत्पादन क्षमता, गुणस्तर नियन्त्रण ध्यान दिन आवश्यक छ।



