Close

Recent Posts

बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष ओझासँग यस्तो अनुभाव छ

बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष ओझासँग यस्तो अनुभाव छ
  • १३ फाल्गुन २०८१, मंगलवार ११:१७

काठमाडौं– नियामक निकायहरूको नेतृत्वमा सेवा निवृत्त कर्मचारीलाई स्थापित गर्ने गलत मानकहरू चिर्दै सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा एक युवा उम्मेदवारलाई चयन गरेको छ।

mulpatra

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शरद ओझालाई प्राधिकरणको भावी अध्यक्ष नियुक्त गरेको हो। अबको चार वर्ष उनले नेपाली बीमा क्षेत्रको नियामक निकाय हाँक्ने छन्।

‘नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति’ले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेपछि अङ्कभारको आधारमा पहिलो नम्बरमा परेका ओझालाई सरकारले अध्यक्ष नियुक्त गरेको हो ।

mulpatra mulpatra mulpatra

ओझा पछिल्लो समय नेपाली मिडिया, वकालत, अध्यापन र कर्पोरेट परामर्श सेवामा कार्यरत थिए । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओझाको पुर्खौली थलो डडेलधुराको गन्यापधुरा गाउँपालिका हो।

उनीसँग सञ्चार र कर्पोरेट क्षेत्रको उच्च व्यवस्थापकीय तह समेत गरी १२ वर्षको कार्य अनुभव छ । कानुन व्यवसायी ओझासँग काठमाडौं उपत्यकाका विभिन्न प्रतिष्ठित व्यवस्थापन कलेजमा अध्यापन गरेको अनुभव पनि छ।

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघजस्ता निजी क्षेत्रका छाता संस्थाहरुका लागि विभिन्न दस्ताबेज निर्माणमा उनले विज्ञका रूपमा काम गरेका छन् ।

Image Source: © https://mulpatra.com

साथै ओझाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाइरहेको पर्यटन नीति २०८१ मा पनि विज्ञका रूपमा काम गरेका थिए। उनले विभिन्न संस्थामा नीतिगत र कानुनी विषयमा परामर्शदाताको भूमिकामा समेत सेवा दिँदै आएका थिए ।

नेपाली अर्थतन्त्रका विषयमा गहिरो अध्ययन गरेका ओझा पछिल्लो समय दिगो विकास, अर्थतन्त्रमा गुणात्मक प्रतिस्पर्धा र वित्तीय समावेशीकरणका विषयहरुमा सक्रीय रहँदै आएका छन् ।

नेपालको अर्थतन्त्रलाई सूक्ष्म रूपले विश्लेषण गर्ने सक्ने ३३ वर्षीय ओझा नेपालको व्यावसायिक कानुनका विषयमा दख्खल राख्छन्।

२०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका ओझाले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका थिए।

पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका ओझाले आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चार संस्थाहरुसँग जोडिएर काम गरेका छन्। वित्त नीति, मौद्रीक नीति एवम् राजस्व प्रशासन सहित समग्र आर्थिक विषयमा ओझाले कलम चलाउने गरेका थिए ।

बहुराष्ट्रिय कम्पनी, सञ्चारमाध्यम, ट्रेडीङ कम्पनी, व्यवस्थापन कलेज तथा कानुनी क्षेत्रमा कार्य अनुभव बटुलेका ओझा केही अघिसम्म चाणक्य मिडियाले सञ्चालन गरेको आर्थिक अनलाइन क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक एवम् विशेष संवाददाताको भूमिकामा कातर्यरत थिए।