Close

Recent Posts

पोखरामा हुने प्रसाईको आमसभालाई नजिकबाट नियाल्दै भारत र चीन

पोखरामा हुने प्रसाईको आमसभालाई नजिकबाट नियाल्दै भारत र चीन
  • १६ फाल्गुन २०८१, शुक्रबार ११:५९

काठमाडौं– नागारिक बचाउ महाअभियानले भोलि (फागुन १७ गते) पोखरामा विशाल कार्यक्रम गर्दै छ । महाअभियानका संयोजक दुर्गा प्रसाईले यस आमसभालाई सम्बोधन गर्दै छन् ।

mulpatra

पोखरामा सनातन हिन्दु राज्य घोषणा, प्रजातान्त्रिक राजसंस्थासहितको राजतन्त्र र अहिलेको मुख्य राजनीतिक समस्या केन्द्रीत भएर कार्यक्रम महाअभियानले गर्न लागेको हो ।

प्रसाई नेतृत्वको महाअभियानले गर्न लागेको यस कार्यक्रमलाई दुई छिमेकी देश भारत र चीनले पनि महत्वका साथ लिएका छन् । दुवै देशले नेपालको राजनीतिक अस्थिरता देखेपछि नेपालममा सनातन हिन्दु राज्य स्थापना भएको हेर्न चाहेको पाइएको छ । अहिले दुवै देश यस्तै संकेत गर्न थालेका छन् ।

mulpatra mulpatra mulpatra

छिमेकी देश भारत र चीनलाई समान व्यवहार गर्ने विकासको खाका नेपालमा आवश्यक रहेको प्रसाईले जानकारी दिए । राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धि र आर्थिक विकासमा नकारात्मक प्रभाव परिरहेको र यसका कारण छिमेकी देशलाई अप्ठायारो भइरहेको प्रसाईले बताएका छन् ।

शक्ति प्राप्त गर्ने अस्वस्थ प्रतिस्पर्धामा राजनीतिक दलले प्रायः सबै समय खर्च गरिरहेका छन् । देशका जल्दाबल्दा समस्याहरू राजनीतिक अस्थिरताकै कारण छायामा परिरहेको उनले बताए । ‘नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भइरहेको छ । नेपाली राजनीतिको विशेषता नै अत्यन्त छिट्टो सरकार गठन र विघटन हुनु हो ।’ उनले भने ।

वर्तमान संविधान जारी भएपछि राजनीतिक स्थिरताको अपेक्षा सबैले गरेका थिए, तर यो अवस्था अधिक रूपमा बिग्रिन पुगेको छ । राजनीतिक स्थिरता हुने सम्भावनासमेत नदखेको उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

प्रसाई नेतृत्व महाअभियानले पोखरामा हुने कार्यक्रममा ५० हजारभन्दा बढी सर्वसाधारण भेला हुने अनुमान गरेको छ । पोखरामा हुने कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सर्वसाधारण भेला हुनेछन् । यसका लागि सोही अनुुसारको तयारी गरिरहेको महाअभियानले जनाएको छ ।

सनातन हिन्दु राज्यका बारेमा प्रसाईले देशव्यापी शक्ति प्रदर्शन आमसभा गर्दै आएका छन् ।