शीर्ष दलभित्रै प्रसाईको चर्चा, उनकै कारण राजतन्त्र अहिलेको अवस्था फर्किएको राप्रपाकै स्वीकार

शीर्ष दलभित्रै प्रसाईको चर्चा, उनकै कारण राजतन्त्र अहिलेको अवस्था फर्किएको राप्रपाकै स्वीकार
  • २८ फाल्गुन २०८१, बुधबार १४:०४

काठमाडौं– फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किदा स्वागत गरेको विषयलाई राप्रपा र राप्रपा नेपालले मात्र जस लिन हल्ला चलाएकोप्रति हिजो मात्र नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले दुवै पार्टीलाई कटाक्ष गरेका थिए ।

mulpatra

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले यसको जस लिन खोजेको आरोप मात्र लगाएनन्, उनीहरुकै कारण राजतन्त्र र हिन्दुराज्यविहिन नेपाल भएको आरोप लगाए ।

प्रसाईको यो आरोपलाई राप्रपाकै कतिपय नेता कार्याकर्ताले सहजै स्वीकारेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र आजको अवस्थामा ल्याउन प्रसाईको महत्वपुर्ण भुमिका रहेको समेत पोष्टाइरहेका छन् । यही विषयलाई लिएर राप्रपाका केही नेता–कार्यकर्ताहरुले आफनो नेतृत्वमाथि प्रश्न समेत उठाइरहेका छन् ।
आफनै नेता–कार्यकर्ताले प्रश्न उठाएपछि यस विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही प्रतिक्रिया दिएका छैन ।

mulpatra mulpatra mulpatra

राप्रपाका अध्यक्ष लिङदेनले भने आफुनिकट एक–दुई जना नेताहरुसँग दुर्गा प्रसाईका कारण राजतन्त्र अहिलेको अवस्थामा फर्किएको बताएका छन् । उनले प्रसाईले राजतन्त्र, हिन्दु अधिराज्य, बैंक र सहकारीका समस्यासँगै उठाएर आएका कारण राजसंस्थाको बेग्लै माहोल बनेको आफुनिकट नेताहरुसँग जिज्ञासा लिङदेन राखेको पाइएको छ।

तर यस्तो विषयलाई बाहिर ल्याए अहिलेकको राप्रपाको माहोल बिथोलिन भएका कारण पनि चुपचाप बस्नुपर्ने अध्यक्ष लिङदेनले बताएको राप्रपाकै एक जना केन्द्रीय नेताले मूलपत्रसँग बताएका छन् । अध्यक्ष लिङदेनले मात्र होइन । थापालाई पनि यो विषय खडकिएको छ । तर उहाँ अहिले बोल्न सक्ने अवस्थामा नभएको उनले जानकारी दिए ।

पछिल्लो समय राजतन्त्र अहिलेको अवस्थामा फर्किनुमा प्रसाईको हात रहेको समेत राजनीतिक बृत्तमा चर्चा चलिरहेको छ । शीर्ष दलका नेताहरु पनि यस विषयमा बहस गरिरहेका छन् । एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरु केही दिनयता राजतन्त्रको माहोल बन्दै गएको र यसमा प्रसाईकै महत्वपुर्ण भुमिका रहेको बताइरहेका छन् । उनीहरुले प्रसाईमा राजतन्त्र र राजसंस्था र हिन्दुराज्य फकाउन सक्ने क्षमता रहेको पनि अडकलबाजी गरिरहेका छन् ।

Image Source: © https://mulpatra.com

प्रसाईले भने अहिलेसम्म यसको जस जनतालाई दिइरहेका छन् । उनले जनताकै कारण आफु र आफनो एजेन्डा यो अवस्थामा आएको बताउँदै आएका छन् । प्रसाईलाई आफनो एजेन्डा र आवाजबाट पछि नहट्न समेत आफनै समर्थक र अन्य राजनीतिक दलका नेता कार्यकर्ताले सुझाव दिइरहेका छन् । प्रसाईले पनि आफु पछि नहट्ने पटक–पटक बताउँदै आएका छन् ।