Close

Recent Posts

म्यानपावरलाई ठगको आरोप लगाउने सरकारकै ठगि, इजरायल रोजगारीमा ५ हजार लिन सिआइआइएन कहाँबाट छिर्‍यो

म्यानपावरलाई मन्त्रालयमा बोलाएर केरकार गर्ने श्रममन्त्री स्वकिय कहाँ लुके

म्यानपावरलाई ठगको आरोप लगाउने सरकारकै ठगि, इजरायल रोजगारीमा ५ हजार लिन सिआइआइएन कहाँबाट छिर्‍योम्यानपावरलाई मन्त्रालयमा बोलाएर केरकार गर्ने श्रममन्त्री स्वकिय कहाँ लुके
  • २७ जेष्ठ २०८३, बुधबार १३:०१

काठमाडौं– इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

mulpatra

व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षार्थीहरु मंगलबार विरोधमा उत्रिएका थिए । इजरायल रोजगारीमा जाने कामदारको इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले लिने परिक्षामा ब्रिटिस काउन्सिल प्रवेश गराइएको छ । यसमा सरकारी सेटिङ भएको आरोपल समेत परिक्षार्थीले लगाएका छन् ।

मंगलबार झडप समेत भएको थियो । त्यसपछि इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले ‘अप्रत्यासित परिस्थिति’का कारण भाषा परीक्षा अनिश्चतकालका लागि स्थगित गरिएको जानकारी फेसबकुमार्फत् दिएको हो ।

mulpatra mulpatra mulpatra

आज बिहान पनि अर्को एक सूचना फेसबुकमा पोष्ट गर्दै आज १० जुनमा सन्चालन हुने परीक्षा पनि स्थगित गरिएको जानकारी दिएको हो ।

सूचनामा लेखिएको छ, ‘मिति २०२६ जुन ९ गते सन्चालन भइरहेको परीक्षाको क्रममा केही अराजक व्यक्तिहरु जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरुमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध तथा बिथोलेको कारणले सो दिनको साथै मिति २०२६ जुन १० गते सञ्चालन हुने परीक्षा पनि स्थगित गर्नुपरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षणको जिम्मा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको छ ।

Image Source: © https://mulpatra.com

प्रतिपरीक्षार्थी ५ हजार रुपैयाँ शुल्क लिएर पनि आवश्यक भौतिक पूर्वाधार र प्रविधि उपलब्ध नगराएको भन्दै मंगलबार परीक्षार्थीहरू विरोधमा उत्रिएका थिए। सो क्रममा परीक्षा केन्द्रमा झडप र तोडफोड समेत भएको थियो।

परीक्षार्थीहरुले ५ हजार शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको, भिडभाड र हल्लाका कारण स्पिकिङ परीक्षा प्रभावित भएको, सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा सबमिट नभएको लगायतका गुनासा गर्दै आएका थिए ।

अंग्रेजी भाषा परीक्षाका लागि ब्रिटिस काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सिआइआइएन) बाट क्याम्ब्रिज अप स्किल इंग्लिस टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिँदा हजारौं विद्यार्थीले सास्ती भोगेको जनाएका छन् ।

अनलाइन आवेदनमा बारम्बार समस्या आउँदा समयमा आवेदन दिन नपाएको कतिपय विद्यार्थीको गुनासो रहेको छ । यसअघि अनलाइन आवेदनमा समस्या आएको स्वयम् सिआइआइएनले समेत स्वीकार गरको छ । सो संस्थाका अनुसार आवेदन लिने सर्भरमा लोड परेका कारण अनलाइन प्रणालीले काम नगरेका कारण कतिपय विद्यार्थीले समयमा परीक्षा फारम भर्न पाएका छैनन् ।

दैनिक १ हजार देखि १५ सयको आवेदन परिरहेको उसले जनाएको छ । यसअघि अनलाइन आवेदनमा समस्या आएपछि हजारौं युवा भौतिक रुपमा नै उपस्थित भएर आवेदन दिएका थिए ।

ब्रिटिस काउन्सिलबाट भाषा परीक्षा दिने विद्यार्थीले परीक्षाका लागि बुझाएको ५ हजार शुल्क खेर मात्र गएको छैन, नयाँ संस्थाबाट पुनः परीक्षा दिनुपर्दा थप ५ हजार रुपैयाँको भारसमेत थपिएको छ ।

इजरायल जाने तयारीमा रहेका युवाले भने दुवै संस्थामा भाषा परीक्षा दिने व्यवस्था गरेर सहज बनाउनुपर्ने बताएका छन् ।

ब्रिटिस काउन्सिलबाट भाषा परीक्षा दिने विद्यार्थीले परीक्षाका लागि बुझाएको ५ हजार शुल्क खेर मात्र गएको छैन, नयाँ संस्थाबाट पुनः परीक्षा दिनुपर्दा थप ५ हजार रुपैयाँको भारसमेत थपिएको छ ।

इजरायल जाने तयारीमा रहेका युवाले भने दुवै संस्थामा भाषा परीक्षा दिने व्यवस्था गरेर सहज बनाउनुपर्ने बताएका छन् । यसमा ठुलै सेटिङ भएको र इजरायल रोजगारीमा ब्रिटिस काउन्सिलबाट प्रवेश हुनुमा समेत सेटिङ नै भएको परीक्षा दिने विद्यार्थीको आरोप छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउँदै म्यानपावरलाई दबाब सिर्जना गदै आएको सरकारले इजरायलको रोजगारीको समस्याका विषयमा भने बोल्दैन् ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारले फोन, इमेल र केही माध्यमबाट उजुरी गरेर भन्ने युवा, श्रम तथा रोजगारी मन्त्री रामजी यादवका स्वकिय सरोज यादवले वैदेशिक रोजगार ऐन विपरित श्रम मन्त्रालयमा बोलाएर केरकार गर्दै आएका छन् ।

ब्रिटिस काउन्सिलबाट भाषा परीक्षा दिने विद्यार्थीले परीक्षाका लागि बुझाएको ५ हजार शुल्क खेर मात्र गएको छैन, नयाँ संस्थाबाट पुनः परीक्षा दिनुपर्दा थप ५ हजार रुपैयाँको भारसमेत थपिएको विषयमा उनीसँग मूलपत्रले जवाफ मागेपनि केही प्रतिक्रिया दिएनन् ।

सरोज यादवले केही म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालयमा बोलाएर केरकार गदै थर्काएर समेत पठाउने गरेका छन् । तर यस्तो विषयमा यावद बोल्दैन ।

परीक्षार्थीका गुनासाहरू ?

आन्दोलित परीक्षार्थीहरूका अनुसार संस्थाले महँगो शुल्क असुलेर पनि परीक्षाका लागि न्यूनतम मापदण्ड समेत पूरा गरेको थिएन । परीक्षार्थीहरूले निम्नलिखित समस्याहरू औंल्याएका छन् ।

पूर्वाधारको अभावः ५ हजार रुपैयाँ तिराएर पनि पर्याप्त कम्प्युटर, हेडसेट र आवश्यक उपकरणहरू उपलब्ध गराइएको थिएन ।

अव्यवस्थित वातावरणः परीक्षा हलमा अत्यधिक भिडभाड र हल्ला भएका कारण अंग्रेजी भाषाको ’स्पिकिङ’ (बोल्ने) परीक्षा पूर्ण रूपमा प्रभावित भएको थियो ।

प्राविधिक समस्याः संस्थाको सर्भर अत्यन्तै ढिलो चल्दा अनलाइन प्रणालीमा परीक्षाको विवरण बुझाउन (सबमिट गर्न) समस्या देखिएको थियो ।

संस्थाले परीक्षाको नयाँ मिति र समय पछि अर्को सूचनामार्फत सार्वजनिक गरिने बताएको छ । यद्यपि, सरकारी नियमन र निजी क्षेत्रको फितलो व्यवस्थापनका कारण वैदेशिक रोजगारीमा जान चाहने युवाहरू फेरि पनि मर्कामा परेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com