Close

Recent Posts

परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जानकारी गराए, प्रधानमन्त्रीको अभिव्यक्तिमा दिए जवाफ

परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जानकारी गराए, प्रधानमन्त्रीको अभिव्यक्तिमा दिए जवाफ
  • २७ जेष्ठ २०८३, बुधबार १५:५८

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिएका छन् ।

mulpatra

बुधबारको बैठकमा बोल्दै उनले दुई दिने भ्रमणका क्रममा दुवै देशका साझा हितका विषयमा विस्तृत छलफल भएको बताए ।

मन्त्री खनालका अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, आपसी सहयोग र क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको थियो। उनले दुवै देशका साझा चासोका विषयमा सकारात्मक संवाद भएको उल्लेख गरे ।

mulpatra mulpatra mulpatra

संसद्मा जानकारी दिँदै उनले भ्रमणका क्रममा दुई देशबीच भएको तीन बुँदे सहमति (घोषणा) बारे पनि विवरण प्रस्तुत गरेका छन्। उक्त सहमतिले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको उनले बताए । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए ।

त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिउपर संसद्‍मा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिउपर बुधबार परराष्ट्रमन्त्री खनालले जवाफ दिएका हुन् ।

Image Source: © https://mulpatra.com

नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवार यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उनले बताए ।

यस विषयमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले पनि त्यसको जवाफ फर्काएको उनले जानकारी दिए ।

नक्सांकन हुन बाँकी रहेका क्षेत्रमा बाहेक दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको पनि उनले बताए । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भनेर उनले बचाउ गरे ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com