Close

Recent Posts

इजरायल रोजगारीको परिक्षा तत्काल गराउन विभागको सीआईआईएनलाई निर्देशन

अराजक नभइ परिक्षामा सहभागि हुन विभागको आग्रह

इजरायल रोजगारीको परिक्षा तत्काल गराउन विभागको सीआईआईएनलाई निर्देशनअराजक नभइ परिक्षामा सहभागि हुन विभागको आग्रह
  • २७ जेष्ठ २०८३, बुधबार ११:४१

काठमाडौं– इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

mulpatra

व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षार्थीहरु मंगलबार विरोधमा उत्रिएका थिए । इजरायल रोजगारीमा जाने कामदारको इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले लिने परिक्षामा ब्रिटिस काउन्सिल प्रवेश गराइएको छ । यसमा सरकारी सेटिङ भएको आरोपल समेत परिक्षार्थीले लगाएका छन् ।

मंगलबार झडप समेत भएको थियो । त्यसपछि इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले ‘अप्रत्यासित परिस्थिति’का कारण भाषा परीक्षा अनिश्चतकालका लागि स्थगित गरिएको जानकारी फेसबकुमार्फत् दिएको हो ।

mulpatra mulpatra mulpatra

आज बिहान पनि अर्को एक सूचना फेसबुकमा पोष्ट गर्दै आज १० जुनमा सन्चालन हुने परीक्षा पनि स्थगित गरिएको जानकारी दिएको हो ।
इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षणको जिम्मा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको थियो ।

प्रतिपरीक्षार्थी ५ हजार रुपैयाँ शुल्क लिएर पनि आवश्यक भौतिक पूर्वाधार र प्रविधि उपलब्ध नगराएको भन्दै मंगलबार परीक्षार्थीहरू विरोधमा उत्रिएका थिए । उत्त परिक्षा गराउन सीआईआईएनलाई आग्रह र निर्देशन समेत दिएको वैदेशिक रोजगार विभाग इजरायल शाखाकी प्रमुख राजेश्वरी सपकोटाले जानकारी दिइन् ।

हिजो भएको घटनामा कानुन समेत हातमा लिन खोजीको देखियो । यो अराजक गतिविधिकै कारण परिक्षा रोक्नुपरेको सीआईआईएनले सूचना दिएपनि विभागले भने परिक्षा रोक्न नमिल्ने भन्दै परिक्षा सञ्चालनका लागि निर्देशन उनले बताइन् ।

Image Source: © https://mulpatra.com

इजरायल सरकारसँग भएको श्रम सम्झौताकै आधारमा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले परिक्षा सञ्चालनको जिम्मा पाएको र अहिले सोहीअनुसार छलफल पनि भइरहेको उनको भनाइ छ ।

परीक्षार्थीहरुले ५ हजार शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको, भिडभाड र हल्लाका कारण स्पिकिङ परीक्षा प्रभावित भएको, सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा सबमिट नभएको लगायतका गुनासा गर्दै आएका थिए ।

अंग्रेजी भाषा परीक्षाका लागि ब्रिटिस काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सिआइआइएन) बाट क्याम्ब्रिज अप स्किल इंग्लिस टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिँदा हजारौं विद्यार्थीले सास्ती भोगेको जनाएका छन् ।

अनलाइन आवेदनमा बारम्बार समस्या आउँदा समयमा आवेदन दिन नपाएको कतिपय विद्यार्थीको गुनासो रहेको छ । यसअघि अनलाइन आवेदनमा समस्या आएको स्वयम् सिआइआइएनले समेत स्वीकार गरको छ । सो संस्थाका अनुसार आवेदन लिने सर्भरमा लोड परेका कारण अनलाइन प्रणालीले काम नगरेका कारण कतिपय विद्यार्थीले समयमा परीक्षा फारम भर्न पाएका छैनन् ।

दैनिक १ हजार देखि १५ सयको आवेदन परिरहेको उसले जनाएको छ । यसअघि अनलाइन आवेदनमा समस्या आएपछि हजारौं युवा भौतिक रुपमा नै उपस्थित भएर आवेदन दिएका थिए ।

ब्रिटिस काउन्सिलबाट भाषा परीक्षा दिने विद्यार्थीले परीक्षाका लागि बुझाएको ५ हजार शुल्क खेर मात्र गएको छैन, नयाँ संस्थाबाट पुनः परीक्षा दिनुपर्दा थप ५ हजार रुपैयाँको भारसमेत थपिएको छ ।

इजरायल जाने तयारीमा रहेका युवाले भने दुवै संस्थामार्पmत भाषा परीक्षा दिने व्यवस्था गरेर सहज बनाउनुपर्ने बताएका छन् । यसमा ठुलै सेटिङ भएको र इजरायल रोजगारीमा ब्रिटिस काउन्सिलबाट प्रवेश हुनुमा समेत सेटिङ नै भएको परीक्षा दिने विद्यार्थीको आरोप छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com