एसईई तयारी पूरा ५ लाख ८ हजार ३ सय ९० सामेल हुने

एसईई तयारी पूरा ५ लाख ८ हजार ३ सय ९० सामेल हुने
  • ३० फाल्गुन २०८१, शुक्रबार ०५:३६

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार चैत ७ गतेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ।


परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।
बोर्डका सूचना अधिकारी नारायण पोखरेलले सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण सकिएको जनाएका छन् ।


पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।


यस वर्ष देशभर २ हजारभन्दा बढी परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा सुरक्षित, मर्यादित र निष्पक्ष बनाउन सम्बन्धित निकायहरूले तयारी पूरा गरेका छन्। परीक्षा हलमा मोबाइल फोन तथा इलेक्ट्रोनिक सामग्री प्रतिबन्धित गरिएको छ।