वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं – वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले व्यक्तिगत वा संस्थागत निक्षेपमा आंशिक परिवर्तन गरेका छन्।
स्थिर ब्याजदर कायम राख्ने बैंकहरू:
एनआईसी एशिया, प्रभु बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक /x]sf 5g\ .
एनआईसी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकले चैत महिनाका व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फागुनमहिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।
सानिमा बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जसन अघिल्लो महिनाकै निरन्तरता हो ।
बैंकले चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले पनि चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
हिमालयन बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५०० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
कृषि विकास बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन अघिल्लो महिनाकै निरन्तरता हो ।
माछापुच्छ्रे बैंकले चैत महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंकले व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
नेपाल बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदर दिने भएको छ । जुन फागुन महिनामा क्रमशः ५.६० प्रतिशत ४.१५ प्रतिशत कायम थियो ।