तालिबानको पाकिस्तानको सीमामा आक्रमण
काठमाडौं– अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँगको सीमामा रहेका स्थानहरूमा आक्रमण गरेको बताएको छ । पाकिस्तानको सेनाले भने चारवटा सामान्य ड्रोनहरू खसालेको दाबी गरेको छ, र थप कुनै पनि उक्साहटपूर्ण कारबाहीको उपयुक्त जवाफ दिइने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तालिबान सरकारले पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा भएका यी आक्रमणहरूमा धेरै मानिसहरू घाइते भएको दाबी गरेको छ । यी घटनाक्रम पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आक्रमणमा २८ जना सर्वसाधारणको मारिएका थिए ।
केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ । गत अक्टोबरमा केही सातासम्म चलेको झडपपछि दुवै देश युद्धविराममा सहमत भएका थिए ।
![]() |
![]() |
![]() |
|---|
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने आतंककारीहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । यद्यपि, तालिबान सरकारले यी आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
तालिबान प्रशासनले भने पाकिस्तानले कुनै उक्साहटबिनै आक्रमण गर्ने गरेको र त्यसबाट सर्वसाधारणको ज्यान जाने गरेको आरोप लगाएको छ । पाकिस्तानले भने आफूले केवल आतंककारीलाई मात्र निशाना बनाउने गरेको दाबी गर्दै आएको छ ।
अफगानिस्तानका अनुसार आइतबार पाकिस्तानले गरेको हवाई आक्रमणमा आवासीय घरहरूलाई निशाना बनाइएको थियो । ती आक्रमणमा ३६ जना सर्वसाधारणको मृत्यु भएको र १६० भन्दा बढी घाइते भएको अफगानिस्तानको दाबी छ । तालिबानले पाकिस्तानको उक्त सैन्य कारबाहीलाई ‘कायरतापूर्ण कदम’ र जघन्य अत्याचारको संज्ञा दिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



