पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयकमा शेखर कोइरालाको विरोध

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयकमा शेखर कोइरालाको विरोध
  • ३० फाल्गुन २०८१, शुक्रबार १०:३५

काठमाडौं । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकिरहेको बेला सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गरेका छन्।

mulpatra

सरकारल पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडारघर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउँदै छ ।


सरकारको चौतर्फी विरोध भइरहेको बेला यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने कोइरालाको भनाइ छ।
गृह मन्त्रालयले पूर्व विशिष्टहरूका लागि आजीवन सुविधा दिने गरी विधेयक ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति लिएको भन्दै आलोचना भइरहेको छ।

mulpatra mulpatra mulpatra

सरकारको कदमको विरोध गर्दै कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छनः ‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊँ,’ ।

कोइरालाले बरू दिएको सुविधा पनि घटाउन आग्रह गरेका छन्। यसअघिका सरकारका पालामा पनि यस्तो विधेयक अघि बढाउने तयारी गरे पनि आलोचनापछि रोकिएको थियो।
पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।