पूर्वविशिष्टलाई सुविधा थप्ने अर्नगल प्रचारको पछाडी नलाग्नुसः सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी नरहेको स्पष्ट पारेका छन् । उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको दाबी गरेका हुन् । साथै भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताए । उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरूलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताए ।
कार्यक्रममा बोल्दै उनले भने ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौँ, तर हामीलाई केही थाहा छैन । कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला रु अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ ।’