Close

Recent Posts

पेट्रोल र डिजेलको मुल्य घट्यो

पेट्रोल र डिजेलको मुल्य घट्यो
  • १ चैत्र २०८१, शनिबार २२:३८

काठमाडौं । आइतरबारबाट लागु हुने गरि पेट्रोल र डिजेलको मुल्य घटेको छ ।

mulpatra


नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेलरमट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ। अन्तर्राष्ट्रय बजारमा मुल्य घटेकाले भारतीय आयल कर्पोरेसनले मुल्य घटाएर पठाएको थियो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।


निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

mulpatra mulpatra mulpatra


पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पर्नेछ।