Close

Recent Posts

गोर्खाका रामप्रसाद लामिछानेले वैदेशिक रोजगारी युके पठाइदिन्छु भन्दै करोडौ ठगेर कामदारलाई फसाए

लक्ष्मीदेवि बेलवासे र कमला मल्लको खातामा २ करोड बढी रकम जम्मा

गोर्खाका रामप्रसाद लामिछानेले वैदेशिक रोजगारी युके पठाइदिन्छु भन्दै करोडौ ठगेर कामदारलाई फसाएलक्ष्मीदेवि बेलवासे र कमला मल्लको खातामा २ करोड बढी रकम जम्मा
  • २७ जेष्ठ २०८३, बुधबार १७:२८

काठमाडौं– गोर्खाका रामप्रसाद लामिछानेले वैदेशिक रोजगारीका लागि युके पठाइदिने आश्वासन दिँदै कामदारहरूबाट करोडौँ ठगि गरेका छन् ।

mulpatra


ग्लोबल फण्ड इन्टरनेशनलको निर्देशक र सचिव समेत हुँ भन्दै उनले कामदारबाट अर्कैको खातामा पैसा हाल्न लगाएर ठगी गर्ने गरेको फेला परेको छ । उनले युके पठाउने आधिकारिक मान्छे हुँ भन्दै ग्लोबल फण्ड इन्टरनेशलको निर्देशक रहेको स्क्रीन सट कामदारलाई समेत पठाउने गरेका थिए ।

उनले पठाएको स्क्रीन सटमा ‘हाम्रा ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न समर्पित संस्थाका रूपमा, हामीले वर्षौंदेखि निर्माण गरेका सम्बन्धहरूमा गर्व गर्छौं। हामीले गर्ने हरेक कार्यमा उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध छौं, चाहे त्यो ग्राहकहरूलाई दक्षिण एशियाका आकर्षक गन्तव्यहरूको खोजीमा सहयोग गर्नु होस्, व्यावसायिक साझेदारीहरूलाई सहज बनाउनु होस्, वा विद्यार्थी तथा कामदारहरूलाई बेलायतमा शैक्षिक तथा व्यावसायिक अवसरहरू प्राप्त गर्न सहयोग गर्नु होस्।’ लेखिएको छ ।

mulpatra mulpatra mulpatra

उनको सोही विश्वासमा परि सयौं युवाबाट करोडौ ठगि गरेका छन् भने पीडितहरुले यूके जाने कामदारबाट पैसा उठाउन लगाएर उल्टो फसाएको आरोप लगाएका छन् । लामिछानेले वैदेशिक रोजगारीमा युकेको आश्वसान देखाउँदै कामदारलाई लक्ष्मीदेवि बेलवासे र कमला मल्लको खातामा २ करोड जति जम्मा गर्न लगाए ।

लामिछाने स्वयंले नै दुई महिलाको बैंक खाता नं. र क्युआर कोड पठाउने गरेको र कामदारले जम्मा गरेको पैसाको भौचर समेत उनै लामिछानेले भरिदिएको समेत फेला परेको छ ।

अन्तिममा लामिछानेले पैसा लिएकाहरुलाई युके रोजगारीमा समेत पठाएनन् । उल्टो पैसा जम्मा गर्न लगाएका कामदारलाई उजुरी गर्न लगाएर पक्राए । लामिछानेले ३ सयभन्दा बढीसँग ५० हजारदेखि ३ लाख रोजगारीमा जानेमध्ये केही कामदारलाई उठाउन लगाए पैसा लिएर फरार भए ।

Image Source: © https://mulpatra.com

अहिले लामिछानेको सहयोगी बनेर पैसा उठाउने कतिपय कामदार प्रहरी हिरासतमा छन् । उनीहरुले उठाएको तिर्न नसकेर केही कामदार जेल जाने अवस्थामा पुगेको एक जना पीडितले जानकारी दिए ।

उनका अनुसार गोर्खाका रामप्रसाद लामिछानेले पैसा उठाएका केही कामदार जेल हाल्ने समेत धम्की दिदै आएका छन् । लामिछाने झापा, मोरङ, सुनसरी र पश्चिममा ३ सयभन्दा बढी कामदार ठगि गरेर फरार छन ।

मुख्य योजनाकार उनै लामिछाने हुँदा पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गर्न मानेन । उनले पैसा जम्मा गरेका दुई महिला कमला मल्ल र लक्ष्मीदेखि बेलवासेका नाममा भने विभागले पक्राउ पुर्जी जारी गरेको छ । यता लामिछानेले महिलाको भनेर दिएको नम्बर अनभ्यालिड देखिएकोले प्रहरीले समेत खोज्न सकेको छैन् ।

पीडितहरूको दाबी अनुसार लामिछानेले आकर्षक तलब र सहज प्रक्रियाको प्रलोभन देखाएर ठूलो रकम संकलन गरे पनि अधिकांशलाई रोजगारीमा पठाउन नसकी अलपत्र पारेका छन् ।

पीडितहरूले आफूहरू आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताउँदै सम्बन्धित निकायमार्फत छानबिन गरी दोषीमाथि कारबाही र रकम फिर्ताको व्यवस्था गर्न माग गरेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com