नयाँ सरकार, फेरिएन उपभोक्ताको सास्तीः आकासिँदो महँगी
काठमाडौं– सर्वसाधारणलाई दुई छाक टार्नै धौ–धौ परिरहेका बेला बजारमा महँगीले सीमा नाघेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनाहरूमा केही शान्त देखिएको बजार मूल्य त्यसपछिका महिनाहरूमा एकाएक उकालो लाग्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनमा केवल १.६८ प्रतिशतमा सीमित रहेको मूल्य वृद्धिदर वैशाखसम्म आइपुग्दा तीन गुणाभन्दा धेरैले बढेर ५.०४ प्रतिशत पुगेको छ ।
विशेषगरी आम उपभोक्ताको दैनिकी टार्न नभई नहुने खाद्य तथा पेय पदार्थ समूहको महँगी एकाएक उचालिएका कारण समग्र मुद्रास्फीतिमा यस्तो तीव्र चाप परेको देखिन्छ ।
![]() |
![]() |
![]() |
|---|
आर्थिक वर्ष २०८२ को साउनदेखि पुस महिनासम्म उपभोक्ताले विशेष गरी तरकारी र मरमसलाजन्य वस्तुमा ठुलो राहत पाएका थिए। साउन महिनामा तरकारी उप–समूहको सूचकाङ्क १८.५६ प्रतिशतले घटेको थियो भने भदौमा १२.७४ प्रतिशत, असोजमा १५.६३ प्रतिशत र कार्तिकमा १४.४३ प्रतिशतले घटेको थियो ।
यो क्रम पुस महिनासम्म नै कायम रह्यो, जसका कारण खाद्य तथा पेय पदार्थ समूहको समग्र महँगी लामो समयसम्म निकै तल झर्न पुग्यो। कार्तिक महिनामा खाद्य मुद्रास्फीति सबैभन्दा न्यून विन्दुमा पुगेको थियो ।
यद्यपि, सोही अवधिमा घ्यू तथा तेल उप–समूहको मूल्य भने निरन्तर बढीरह्यो। साउनमा १०.९७ प्रतिशत र भदौमा ११.०९ प्रतिशतले बढेको घ्यू तथा तेलको मूल्यले महँगीलाई केही थामे पनि तरकारीको भारी गिरावटले समग्र खाद्य महँगी नियन्त्रणमै रह्यो ।
Image Source: © https://mulpatra.com
राष्ट्र बैंकको विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कलाई सूक्ष्म रूपमा केलाउँदा बजार अनियन्त्रित हुनुको मुख्य टर्निण पोइन्ट यही २०८२ को माघ महिना नै देखिन्छ ।
पुस महिनासम्म २.४२ प्रतिशतमा रहेको समग्र महँगी माघ महिनामा छिचोलिँदै सिधै ३.२५ प्रतिशत पुग्यो। माघ महिनामै तरकारीको मूल्यमा ११.६३ प्रतिशतको दोहोरो अङ्कको वृद्धिदर देखियो ।
त्यति मात्र होइन, घ्यू तथा तेलको मूल्य ७.६१ प्रतिशत र फलफूलको मूल्य ७.४१ प्रतिशतले थपिएर उपभोक्ताको ढाड सेक्ने काम यही महिनाबाट सुरु भयो ।
माघको यो तीव्र मूल्यवृद्धि फागुन र चैत महिनामा पुग्दा खाद्य समूहमा अझ आक्रामक रूपमा विस्तार भयो । फागुनमा समग्र महँगी ३.७५ प्रतिशत पुग्दा खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको मूल्य ९.६३ प्रतिशतले बढ्यो ।
चैत महिनामा समग्र महँगी केही घटेर ३.३९ प्रतिशत कायम भए तापनि भान्साको जग मानिने घ्यू तथा तेलको मूल्य सूचकाङ्क १२.८७ प्रतिशत, फलफूलको ११.६७ प्रतिशत र तरकारीको मूल्य ९.१८ प्रतिशतले आकासिएर खाद्य समूहको महँगी उच्च बिन्दुमै स्थिर रह्यो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



