निर्णायक आन्दोलन गर्ने दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानको घोषणा
काठमाडौं । चैत्र २ गते शनिवार काठमाडौंमा राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले जन आन्दोलन २०८१ लेखिएको ब्यानर बोकेर राजाको पक्षमा नाराबाजी गरेका थिए। समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार आएका थिए ।

यसअघि, फागुन २५ गते, पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म राजावादीहरूले भव्य स्वागत गरेका थिए। उक्त अवसरमा पञ्चेबाजासहितको र्याली निकालिएको थियो। नागरिक बचाउ महाअभियानका संयोजक अभियान्ता दुर्गा प्रसाईको नेतृत्वमा हजारौ जनता सडकमा उत्रिएका थिए ।
राज्यबाट शोषित पीडित र सबै राष्ट्रवादी नागरिकलाई एकजुट हुन आव्हान गर्दै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले निर्णायक आन्दोलनको लागि तयार रहन आव्हान गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुराको जानकारी गराएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले लेखेका छनः ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं । यहि चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरुलाई राष्ट्रभक्तीको शक्ती । सम्पुर्ण बैंक, सहकारी, लघुबित्त पिडित, सहकारीमा बचत डुबेका पिडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौं भन्दा बैंकको कालोसुचिमा पर्न बाध्य नेपाली व्यवसायि, बिदेश जाउँभन्दा दलालको फन्दामा परि ठगिएका युवाहरु, पाखुरा बजार्छु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरु, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौं । सर्वहारा, भुईँमान्छे, गरिब, बिपन्न, उत्पिडनमा परेको वर्ग, दबाईएको दलित समुदाय, हेपिएको सिमान्तकृत समुदाय, भुमिहिन किसान, माओवादी युद्दका घाईते, अपाङ्ग, नाम मात्रको सहिद परिवार, युद्द पिडित, अब हामी सबै एकजुट हुने बेला आएको छ ।
१५ गते अगाडी काठमाडौं ललितपुर भक्तपुरका अभियन्ता साथीहरुले उपत्यका नछोड्नु हुन र देशभरका अभियन्ता साथीहरु, राष्ट्रभक्त नागरिक, राजसस्था चाहाने सबै राजनितिक दल राप्रपा, राप्रपा नेपाल, शाहि युवा शक्ती , राष्ट्र शक्ती नेपाल, शिव सेना नेपाल, लगायतका राष्ट्रवादी साथीहरुले अब काठमाण्डौ केन्द्रीत आन्दोलनको लागी तयार रहनुहुन आग्रह गर्दछु । छिट्टै आदोलनको मोडलको बिषयमा छलफल गरेर सार्वजनिक गर्नेछौं । १५ गतेको लागी तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरु संग, बचाउनु छ हाम्रो गौरवपुर्ण देशलाई ।’
राजावादीहरूको यस सक्रियतापछि गणतन्त्र पक्षधर दलहरूले पनि प्रतिक्रिया जनाएका छन्। दुर्गा प्रसाई नेतृत्वको सडक आन्दोलनबाट डराएको नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र र संविधानको रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यस्तै, समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ।
Image Source: © https://mulpatra.com



