प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अवकाश, नयाँ आईजीपीको टुंगो आज
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आजदेखि अवकाशमा गएका छन्। ३० वर्षे सेवा अवधि पूरा गरेका कुँवर २०७९ चैतमा प्रहरी प्रमुख बनेका थिए। कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराईसहित डीआईजीहरू पनि अवकाशमा गएका छन्।

नयाँ प्रहरी प्रमुख नियुक्त गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ। आईजीपी दौडमा एआईजी दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ छन्। ज्येष्ठता, कार्यकुशलता र नेतृत्व क्षमताका आधारमा गृह मन्त्रालयले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ।
