Close

Recent Posts

पूर्व मन्त्री विक्री पाण्डे पक्राउ

पूर्व मन्त्री विक्री पाण्डे पक्राउ
  • ११ बैशाख २०८३, शुक्रबार २१:०२

काठमाडौं । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन् । पाण्डे नेपालका ठुला निर्माण व्यवसायी मध्ये पर्दछन् । उनी कालिका कन्स्ट्रक्सनको सन्चालक समेत हुन् ।

mulpatra

नेपाल सरकारबाट निर्माण सम्बन्धी सार्वजनिक हुने सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । ई–बिडिङको वेबसाइट ह्याक गरी ठेक्का हत्याउने गरेको सार्वजनिक भएको र यस भन्दा अघि केहीलाई उक्त अभियोगमा प्रहरीले पक्राउ गरेपछि उनी पनि प्रहरीको फन्दामा परेका छन् ।

पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सोही बर्ष उनी सहरी विकाश मन्त्री भएका थिए ।

mulpatra mulpatra mulpatra

पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।