प्रहरीको नेतृत्व (आईजीपी) मा दीपक थापा
काठमाडौं । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नेतृत्वमा दीपक थापालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि थापा प्रहरीको ३१औँ महानिरीक्षक (आईजीपी) बनेका हुन् ।
थापासँगै आईजीपीका लागि एआईजीद्वय सुदीप गिरी र टेकप्रसाद तामाङ प्रतिस्पर्धामा थिए ।
आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् । उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो । थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।
