Close

Recent Posts

अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर

अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
  • ३० जेष्ठ २०८३, शनिबार ००:१२

काठमाडौं– बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ ।

mulpatra

शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रस्टीकरण नै प्रयाप्त भएको बताए ।

अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाफ संघीय संसद् र संसदीय समितिमा दिइसकेको बताए ।

mulpatra mulpatra mulpatra

अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले सुनाए । ‘अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रष्ट पारिसक्नुभएको छ। हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन,’ सरकारका प्रवक्ता पोखरेलले भने ।

यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने उनको भनाइ थियो ।

विधेयक निर्माण र कानुन संशोधनका विषयमा बोल्दै मन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त प्रस्तावहरू मन्त्रिपरिषद्मा छलफल भई पारित भएपछि मात्र थप जानकारी दिइने बताए ।

Image Source: © https://mulpatra.com

यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) सँग जोडिएका अनियमितताका प्रसङ्गमा मन्त्री पोखरेलले हालसम्म मन्त्रालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए । यद्यपि, परीक्षा सञ्चालनमा कुनै कमजोरी वा अनियमितता भएको पाइएमा त्यसमा संलग्न जोसुकैमाथि छानबिन गरी कारबाही गरिने उनको भनाइ थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com