इरानसँग शान्ति सम्झौताको लागि अमेरिकी वायुसेनाका ४ विमान जेनेभामा
काठमाडौं– अमेरिका र इरानबिच हुन लागेको ऐतिहासिक प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्ने विशेष प्रयोजनका लागि अमेरिकी वायुसेनाका चारवटा विशाल ‘सी–१७’ मालवाहक विमानहरू आवश्यक कूटनीतिक तथा सुरक्षा सामग्रीसहित युरोप प्रस्थान गरेका छन् ।

प्रतिष्ठित अमेरिकी समाचार पोर्टल ‘एक्सिओस’ ले रक्षा तथा कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्ट अनुसार यी विमानहरू स्वीट्जरल्यान्डको जेनेभा सहरतर्फ उडेका हुन्, जहाँ आगामी केही दिनभित्रै (सम्भवतः यसै साताको अन्त्य वा सोमबारसम्म) दुई देशबिच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै वासिङ्टनका तर्फबाट यो प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गर्न उप–राष्ट्रपति जेडी भान्स, कूटनीतिक सल्लाहकार स्टिभ विटकफ र जारेड कुश्नरको विशेष टोली युरोप जाने घोषणा गरिसकेका छन् ।
![]() |
![]() |
![]() |
|---|
एक्सिओसका अनुसार पठाइएका विमानहरूमा उप–राष्ट्रपति भान्स र उनको उच्चस्तरीय टोलीका लागि आवश्यक बख्तरबन्द गाडी, सञ्चार उपकरण र समारोहका सामग्रीहरू रहेका छन् । एक्सिओसको रिपोर्टमा वार्ताका केही अत्यन्तै संवेदनशील भित्री विवरणहरू समेत खुलाइएको छ ।
कतारका विशेष दूत अली अल–थावादी र इरानी विदेश मन्त्रालयबिच बुधबार राति तेहरानमा भएको सघन वार्तापछि यसअघि अड्किएका तीनवटा मुख्य विवादहरू सुल्झिएका छन् । जसमा विदेशमा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने प्रक्रिया, ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने मोडालिटी र आगामी ६० दिनको युद्धविराम अवधिमा आणविक कार्यक्रमबारे कसरी वार्ता अगाडि बढाउने भन्ने विषय समेटिएका छन् ।
एक्सिओसले मध्यस्थकर्ता देशका एक कूटनीतिज्ञलाई उद्धृत गर्दै लेखेअनुसार, सम्झौताको मस्यौदालाई इरानी सरकारको उच्च तहले ‘सैद्धान्तिक रूपमा’ स्वीकृत गरिसकेको छ । तर, यसलाई पूर्ण रूपमा कानुनी वैधता दिन इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्ताबा खामेनीको अन्तिम हस्ताक्षर (ग्रिन सिग्नल) आउन बाँकी रहेकाले अमेरिकी विमानहरू युरोप पुगिसके पनि हस्ताक्षरको औपचारिक समय तालिका घोषणा हुन केही ढिलाइ भइरहेको हो ।
Image Source: © https://mulpatra.com
यसअघि ट्रम्पले इरानमाथि ठुलो सैन्य आक्रमणको चेतावनी दिए पनि कूटनीतिक सहमति जुटेको दाबी गर्दै बिहीबार राति तय गरिएको हवाई आक्रमण अन्तिम समयमा रद्द गरेका थिए । ह्वाइट हाउसले सम्झौताका लागि आफ्ना तर्फबाट तीव्र तयारी गरिरहेको यो सैन्य विमानहरूको उडानले पुष्टि गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



