कसको हो पक्राउ परेको पच्चिस करोड नगद

कसको हो पक्राउ परेको पच्चिस करोड नगद
  • ४ चैत्र २०८१, मंगलवार ११:१६

काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । ट्रकमा हालेर ल्याउँदै गरेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

mulpatra


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट दुई जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।


‘युरो र अमेरिकी डलर बरामद भएको हो। नेपालीमा कन्भर्ट गर्दा २५ करोड हुन्छ,’ स्रोतले भन्यो, ‘यसबारे सार्वजनिक गर्ने तयारी भइरहेको छ।’

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।