परराष्ट्र मन्त्री आरजू राणा र एस जयशंकर बीच भेटवार्ता
काठमाडौँ । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ ।

केही दिन अघिदेखि भारतमा रहेकी मन्त्री राणाको भारत बसाइलाई महत्वका साथ हेरिरहेको बेला राणाको भेटले नेपाली राजनीतिमा महत्वपुर्ण अर्थ राख्ने देखिन्छ । अघिल्लो भारत बसाईका बेला समेत भारतीय समकक्षीसँग भेट गर्न खोजे पनि नमिलेको समाचारहरु आएका बेला अहिले भएको भेटलाई राणाले महत्वपूर्ण भनेर भनेकी छिन ।
परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा गर्यौँ, विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल गर्यौँ र जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान गर्यौँ ।’
![]() |
![]() |
![]() |
|---|
भेटमा आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छन् ।



