Close

Recent Posts

राप्रपाको आन्दोलन लिङ्देनकै नेतृत्वमा अघि बढ्ने

राप्रपाको आन्दोलन लिङ्देनकै नेतृत्वमा अघि बढ्ने
  • ४ चैत्र २०८१, मंगलवार २०:२९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसेर थप कार्यक्रम सार्वजनिक गरिने लिङ्देनले बताएका छन्।

mulpatra

राजसंस्था पुनर्स्थापनाको लक्ष्यसहित गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमा आफूलाई जानकारीबिनै राखिएको भन्दै लिङ्देनले असहमति जनाएका छन्। उनले पार्टीकै आन्दोलनलाई प्राथमिकता दिँदै काठमाडौं उपत्यकामा केन्द्रित गरेर अघि बढ्ने बताएका छन्।

लिङ्देनले समान विचारधारा राख्ने दल तथा समूहलाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन्।

mulpatra mulpatra mulpatra