कुलमान र उर्जामन्त्रीको जुहारी-कुलमानले भने मन्त्रीको कुरा नपत्याउनु
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने बताएपछि कुलमानले मन्त्रीको कुरा नपत्याउन आग्रह गरेका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका थिए । उनले हाल विद्युतको मागभन्दा आपूर्ति कम रहेको भन्दै लोडसेडिङ हुने तर्क गरेका हुन् ।
यता निर्देशक कुलमान घिसिङले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकहरुले लोडसेडिङ भोग्नुपर्ने स्थिति आउन नदिने बताएका छन् । विद्युत व्यवस्थापनमा प्राधिकरण लागिरहेको र दिउँसो धेरै आयात गरिरहेका र राति पिकिङ आयोजना सन्चालन गरिरहेकाले जनताको घरमा कुनैपनि हालतमा लोडसेडिङ हुन नदिने कुलमानले घोषणा गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
यसअघि मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य गर्न सहयोग गरेकोमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भन्दा पनि भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।
निजीक्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ भन्दै उज्यालोको नायक कुलमान भन्दा बरु भारतलाई धन्यवाद दिनुपर्छ भन्दै कुलमानको विरोध गरेका थिए ।
मन्त्रीले जसरी पनि कुलमानलाई असफल बनाउन लागिपरेकोले उनले यो कुरा बताएको भन्दै भारतले पिक आवरमा विद्युत नदिने भनेकाले केही प्रेसर परेको निर्देशक कुलमानले बताएका छन् ।
Image Source: © https://mulpatra.com



