गृहमन्त्री दलित विरोधी होइन भने जवाफ दिनु पर्छः सांसद सम्झना थपलिया
काठमाडौं । केही दिन अघि सिरहामा महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा आज सदनमा कुरा उठेको छ ।

प्रतिनिधिसभा बैठकमा सांसद सम्झना थपलियाले तपाईं दलित विरोधी हो ? भनेर प्रश्न गरेकी र गृहमन्त्रीको जवाफ मागेकी छिन् ।
प्रतिनिधिसभाका अन्य सांसदहरूले पनि महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका हुन् ।
![]() |
![]() |
![]() |
|---|
कांग्रेस सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोमको घर भत्काएको भन्दै आपत्ति जनाए । उनले पीडित परिवारलाई न्याय दिन माग गरे ।
१७ चैतदेखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक डोमको घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए । मरिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेरसमेत फालिएको छ ।
अछुत भन्दै डोम समुदायका दीपकसहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।
Image Source: © https://mulpatra.com



