प्रसाईसँग त्रसित गणतन्त्रवादीसँग टाँसिएका लिङदेन र थापा नक्कली राजवादी
काठमाडौं– गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदै छन् भनेर अहिले लोकतन्त्रवादीले हल्ला चलाइरहेका छन् । सत्ताधारी कांग्रेसभन्दा पनि नेकपा एमाले र माओवादी अहिले धेरै राजावादीसँग त्रसित देखिएको छ ।

गणतन्त्रवादीहरु राजतन्त्र फकाउ सक्ने भन्दै पछिल्लो समय नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग बढी त्रसित देखिएका छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए । फागुन २५ गते पोखराबाट काठमाडौँ आएका उनलाई राजावादीहरूले भव्य स्वागतसहित निर्मल निवाससम्म लगेपनि ।
![]() |
![]() |
![]() |
|---|
यसअघि सत्ता राजनीतिमा केन्द्रित हुँदै पक्ष र विपक्षमा विभाजित प्रमुख राजनीतिक दलहरू यतिबेला भने प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकजुट देखिएका छन् । भने राजतन्त्रविरुद्ध सडकमा समेत उत्रिने भएका छन् ।
विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा बृहत् प्रदर्शनको तयारी गरेको छ । मोर्चाले वर्तमान सरकारविरुद्ध चैत २४ गते विरोध प्रदर्शन गर्ने पूर्वतयारीलाई परिमार्जन गर्दै चैत १५ गते प्रतिगमनविरुद्ध हजारौँ मानिस राजधानीमा उतार्ने निधो गरेको हो । भने एमालेपनि यस्तै आन्दोलनको तयारीमा लागेको छ । एमाले चैत २७ गतेसम्म देशव्यापी आन्दोलन राखेको छ ।

सत्तापक्ष र प्रतिपक्षबिच सहमतिको वातावरण बनाउन चार दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकार अग्नि खरेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।
Image Source: © https://mulpatra.com
प्रचण्डको सचिवालयले पनि राष्ट्रिय संकट समाधानका लागि सत्ताधारी दलहरूबिच छलफल भइरहेको स्वीकारेका छन् । सत्ताघटकको मुख्य दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले व्यवस्थामाथि संकट आएमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएपनि अहिलेसम्म खुलेको छैन ।
यता राश्वपाले भने भित्र–भित्र राजावादीलाई सहयोग गर्ने तयारी गरिरहेको पाइएको छ । राश्वपाले अहिलेसम्म यस विषयमा खुलेर बोलेको छैन । यता प्रमुख प्रतिपक्ष दल माओवादीकै नेतृत्वको विपक्ष गठबन्धनमा आबद्ध राप्रपा सनातन हिन्दु राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन निर्णायक आन्दोलनको तयारीमा छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सशक्त आन्दोलन गर्ने निर्णय ग¥यो ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं राप्रपाबाट राजसंस्था फर्किन सम्भव नभएको भन्दै आफ्नै नेतृत्वमा आन्दोलन चर्काउने जिकिर दाबी गरेका छन् ।
राजा र हिन्दु राष्ट्रको पक्षमा उभिएका कमल थापा र राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र धवलशम्शेरसँग अनुनय विनय ग¥यौँ तर उहाँहरू धेरै ठुलो राजनीति गर्नुहुँदो रहेछ भन्ने प्रसाईको आरोप छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापामाथि राजाका नाममा धेरै ठुलो राजनीति गरेको उनको दाबी छ ।
चैत १५ गते हुने प्रदर्शनमा हरेक नागरिक देशको रक्षा गर्न खुकुरी बोकेर आउने प्रसाईंले चेतावनी दिए । उनले राजासहितको हिन्दु अधिराज्य कायम गर्न राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई आफ्नो नेतृत्वको अभियानमा सामेल हुन आग्रहसमेत गरेका छन् ।
अहिले राप्रपामाथि प्रसाईले जस्तै राप्रपाकै नेता–कार्यकर्ताले नक्कली राजावादी भएको आरोप लगाउन थालेका छन् ।
सोमबार पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई लिएर राप्रपाले असन्तुष्टि जनाएको छ । राप्रपा नेपालले सुवेदीको समितिलाई नैतिक समर्थन गरे पनि र राप्रपाले समितिमा बस्न अस्वीकार गरेको छ । यसपछि राप्रपालाई जनताले राजनीतिक पार्टीसँग टासिँएर राजाको नाम बेच्दै मन्त्री पद खाने गरेको आरोप लगाएका छन् ।



