Close

Recent Posts

ओलीलाई शेखरको प्रश्न– सरकारको नेतृत्व गरेर काम गर्न नसकेपछि आन्दोलन गर्ने ?

ओलीलाई शेखरको प्रश्न– सरकारको नेतृत्व गरेर काम गर्न नसकेपछि आन्दोलन गर्ने ?
  • ७ चैत्र २०८१, शुक्रबार १७:४४

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति अनुसार एउटा पनि काम अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।

mulpatra

मोरङ काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको कारणले जनता निराश बन्दै गइरहेको बताए । ‘जनता अहिले कसको पक्षमा छ भन्ने होइन। जनतामा अहिले बढ्दो वितृष्णा छ। हामीले त्यो हटाउन सक्नुपर्छ। यो असन्तुष्टिलाई नहटाई केही काम गर्छौँ भनेर हामी अगाडि बढ्यौँ भने हामी दुर्घटनामा फेरि पर्नसक्छौुं एमालेले गणतन्त्रको पक्षमा जनसचेतना लागि सडकमा उत्रिने भन्दै गरेको घोषणाबारे उनले भने, ‘सरकारको नेतृत्व गर्ने पार्टीले देशभरी जागरण अभियान चलेर चलाउँदैछ। अहिले त्यो उपयुक्त समय हो ? भनेर हामीले प्रश्न गर्नुपर्छ।’ उनले भने ।

उनले सरकारले सुशासन र संविधान संशोधनको विषयमा केही काम गर्न नसकेको बताए। यस्तै, कांग्रेसको महाधिवेशन ०८३ मंसिर मसान्तसम्म नभए कमजोर हुँदै भने भन्दै आवाज उठाउन निर्देशन दिए। पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न निर्देशन दिए ।

mulpatra mulpatra mulpatra