गृहमन्त्रीका दुई प्रस्ताव– विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडल प्रयोगमा ल्याउने

गृहमन्त्रीका दुई प्रस्ताव– विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडल प्रयोगमा ल्याउने
  • ९ चैत्र २०८१, आईतवार १६:२४

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

mulpatra

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

उनले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको पनि बताए । ‘विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर तरिकाले सोच्न आवश्यक छ । हामीले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नेबारे सोच्नुपर्छ,’ गृहमन्त्री लेखकले भने, ‘संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्मा विचाराधीन छ । संशोधन विधेयक तयार छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामी छलफल गरिरहेका छौं ।’

mulpatra mulpatra mulpatra

जसका लागि दुईवटा उपायहरू रहेको गृहमन्त्री लेखकले बताए । ‘एउटा, विवाहको उमेर घटाउने । दोस्रो, रोमियो जूलियट मोडलमा जाने । यसमा दुईवटा उपाय छन् । एउटा, विवाहको उमेर घटाएर १८ मा लैजाऔं भन्ने छ । अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ल प्रयोग गर्ने कि भन्ने छ,’ गृहमन्त्री लेखकले भने ।

रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, ‘रोमियो जुलियट लले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट छन् ।’

त्यसका लागि केही अन्तर्राष्ट्रिय शर्त रहेको भन्दै त्यसमा पनि सजक हुनुपर्ने उनले बताए । ‘त्यसका केही शर्त छन् । अन्तर्राष्ट्रिय कन्सेप्टमा पनि मानौं,’ उनले भने ।

Image Source: © https://mulpatra.com

अहिले तत्काललाई उमेर घटाएर अघि बढ्ना पनि विषयवस्तुको समाधान हुनसक्ने गृहमन्त्री लेखकको भनाइ छ । यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरे ।