पूर्वराजा ज्ञानेन्द्र शाह मनकामनामा
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन् । उनी मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।

शुक्रवार गोर्खा गएका पूर्वराजा शाहले शनिवार गोरखकाली मन्दिरको दर्शन गरेका थिए । आइतबार उनी मनकामना मन्दिर पुगेर पूजाआजा गरे । मन्दिर परिसरमा उनले सर्वसाधारणहरूसँग केही समय साक्षात्कार पनि गरेका थिए । पूर्वराजा राति नै काठमाडौं फर्किएका छन् । उनी आफैँ गाडी चलाएर काठमाडौं आएका हुन् ।
