अघि बढ्यो सक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया

अघि बढ्यो सक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया
  • १० चैत्र २०८१, सोमबार १९:२१

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता सहितको छलफलमा सक्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुंगोमा पुर्याउन कमिटी बनाउने सहमति भएको छ । नेपाल सरकारका सक्रमणकालिन न्याय सल्लाहकार अग्नि खरेल नियुक्ति भएपछि प्रमुख तीन दलबीच जुटेको सहमतिलाई महत्वका साथ हेरिएको छ ।

mulpatra


सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।


बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति सर्च कमिटी अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका अध्यक्षसँग परामर्श गरेको सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

mulpatra mulpatra mulpatra


संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको भन्दै सक्रमणकालिन न्याय सल्लाहकार अग्नि खरेलले भने ‘बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति सर्च कमिटी अगाडि बढाउन सरकारका पक्षबाट दुबै दलका अध्यक्षसँग परामर्श भएको र निष्कर्षमा पुगेको छ ।’


छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए ।