प्रतिवेदन सार्वजनिक गर्दै बालेनको ओली सरकारलाई चुनौति– गलत भए जेल हाल

प्रतिवेदन सार्वजनिक गर्दै बालेनको ओली सरकारलाई चुनौति– गलत भए जेल हाल
  • ११ चैत्र २०८१, मंगलवार १०:५७

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौति दिएका हुन् । फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् ।

mulpatra

उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले एउटा छानविन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति नगरेको प्रतिवेदन तयार गर्यो ।

तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरुलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।

mulpatra mulpatra mulpatra

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ ।