Close

Recent Posts

कुल मुद्दाको २५ प्रतिशत बैंकिङ कसुर, अधिकांश चेक बाउन्स

कुल मुद्दाको २५ प्रतिशत बैंकिङ कसुर, अधिकांश चेक बाउन्स
  • ११ चैत्र २०८१, मंगलवार १७:३८

काठमाडौं– फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भए। त्यसमा बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए।

mulpatra

उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन्। पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना समेत बढ्दै गएको उनले बताए।

आचार्यका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भए। आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबरजस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भए।

mulpatra mulpatra mulpatra

काठमाडौं उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएको प्रवक्ता आचार्यले बताए। मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदूरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका छन्।