प्रसाईको जनप्रदर्शनमा राजाको ग्रीन सिग्नलसँगै दुवै राप्रपा समर्थन, लोकतन्त्रवादीलाई चुनौती

प्रसाईको जनप्रदर्शनमा राजाको ग्रीन सिग्नलसँगै दुवै राप्रपा समर्थन, लोकतन्त्रवादीलाई चुनौती
  • १२ चैत्र २०८१, बुधबार १४:३५

काठमाडौं– दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को जनप्रदर्शनलाई राजा ज्ञानेन्द्र शाहसँगै दुवै राप्रपाले समर्थन गर्ने भएका छन् ।

mulpatra

राजसंस्था पुनःस्थापनासहित हिन्दुराज्यको माग राखी जनप्रदर्शनमा उत्रिएको प्रसाईलाई नवराज सुवेदीले सहयोग गर्न आग्रह गरेका छन् । उनले नेतृत्व गरेको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिले उक्त प्रदर्शनको समर्थन गरेको हो ।
हिजो एक विज्ञप्ति जारी गर्दै सुवेदीले १५ गतेको जनप्रदर्शन सफल पार्न सबैसँग आह्वान गरेका छन् ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आफ्नै नेतृत्वमा राजावादीका लागि आन्दोलन गर्ने निर्णय गरेपनि उनीसँग राजावादी शक्तिनै बिथोलिएका थिए ।

कमल थापा नेतृत्व राप्रपाले दुर्गा प्रसाईले भने समर्थन पाउने भएका छन् । राजावादी आन्दोलनमा सम्मिलत प्रसाईले राष्ट्रिय झन्डा मात्र प्रयोग गरेर आन्दोलन गर्दै आएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाई नेतृत्वको नागरिक बचाऊ अभियानले आउँदो चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछ । दुवै राप्रपाले उक्त प्रदर्शनमा समर्थन गर्ने निर्णय गरेको हो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि प्रसाईको कार्यक्रममा सहयोग गर्ने घोषणा गरिसकेको छ । प्रसाईको उक्त जनप्रदर्शनमा राजा ज्ञानेन्द्र शाहले पनि ग्रीन सिग्नल दिइसकेका छन् । प्रसाईको जनप्रदर्शनमा राजाले आन्तरिक र बाहिरि रुपमै सहयोग गर्ने आफना समर्थकलाई आग्रह गरेका छन् ।

दुई वर्षयता उनै प्रसाईले राजा ज्ञानेन्द्र शाहलाई सहयोग र उनको उदयका लागि चर्को आवाज उठाउँदै आएका छन् । प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् । भने समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन् ।

गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुँदै छ । राजावादीको प्रदर्शनका कारण समाजवादी मोर्चामा आबद्ध पार्टीलाई ठुलै चुनौती थपिएको छ ।

Image Source: © https://mulpatra.com

चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । उनीहरुको प्रदर्शनलाई सामान्य रुपमा हेरिएपनि राष्ट्रवादीको जनप्रदर्शनलाई महत्वका साथ हेरिएको छ ।

प्रसाईका कारण आज राजतन्त्र र हिन्दुराज्यको मुद्दा यहाँ आइपुगेको राजनीतिक दलका नेताहरुको बुझाइ छ । जसका कारण पनि चैत १५ गतेको जनप्रदर्शनलाई महत्वका साथ हेरिएको छ । प्रसाईको जनप्रदर्शनमा एक लाखभन्दा बढी सर्वसाधारण भेला हुने अनुमान गरिएको छ । प्रसाईले गदै आएको जनसभामा कम्तिमा १० हजारभन्दा बढी सर्वसाधारण भेला हुँदै आएका छन् ।