एक लाख ७६ हजार नाघ्यो सुनको मूल्य
काठमाडौं– सुनको मूल्य एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । बिहीबार एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
