क्यानाडा तेश्रो पटक विश्वकप, प्रथम पटक प्रिक्वाटरफाइनलमा
काठमाडौँ । विश्वकप सहआयोजक क्यानडा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको हो । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेपछि दक्षिण अफ्रिका भने विश्वकपबाट बाहिरिएको छ ।
तेश्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक समूह चरण पार गर्न सफल भएको छ । प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।
![]() |
![]() |
![]() |
|---|



